Sunday, March 6, 2011

राजकीय सम्मानका साथ भट्टराईको अन्त्येष्टि


फागुन २२ काठमाडौं । नेपाली काङ्ग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा दाह संस्कार गरिंदैछ । दिउँसो २ बजे दशरथ रंगशाला त्रिपुरेश्वरबाट शुरु गरिएको शवयात्रा करिब साढे ४ बजे पशुपति आर्यघाट पुगेपछि भट्टराइको दाहसंस्कार गरिएको हो । 

उहाँको पार्थिव शरीरमा साहिंला दाइ गोपालप्रसादका छोरा अर्थात भट्टराइका भतिजा प्रमोदले दागबत्ती दिनुभएको हो । शवयात्रा अगाडि श्रद्धाञ्जलीका लागि उहाँको शव दशरथ रंगशाला र त्यसअघि बिहान कांगे्रस पार्टी कार्यालय सानेपामा राखिएको थियो । दशरथ रंगशालामा सर्वसाधारण नागरिक, कुटनीतिक नियोगका अधिकारीले श्रद्धाञ्जली दिएका थिए भने रंगशालामा पुगि राष्ट्रपति, प्रधानमन्त्री, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता तथा कार्यकर्ताले पनि श्रद्धाञ्जली दिएका छन् । 

राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा भट्टराईको ८७ वर्षको उमेरमा अस्ती राति ११ बजेर २६ मिनेटमा निधन भएको हो । पूर्व प्रधानमन्त्री भट्टराईको निधनको शोकमा सरकारले आज सार्वजनिक विदा दिएको छ । भट्टराइको शोकमा नेपालको राष्ट्रिय झण्डा ३ दिनसम्म आधा झुकाइने भएको छ ।

 नेपाली कांग्रेसले भने १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगरी शोक मनाउने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघले पनि तत्कालीन नेपाल पत्रकार संघका सभापति भएकाले शोकमा तीनदिन कार्यालय बन्द गरेको छ । 

No comments:

Post a Comment