Wednesday, March 23, 2011

अन्तर्राष्ट्रिय सहकारी दिवस

कुल तामाङ्ग चैत ललितपुर । चवन्नऔँ अन्तर्राष्ट्रियसहकारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । वि.सं.२०१३ चैत २० गतेबाटनेपालमा सहकारीको सरुवात भएको इतिहासलाई सम्झँदै सहकारी दिवस मनाउन लागिएको हो।

ललितपुर जिल्लाका विषयगत सहकारीसङ्घ तथा जिल्ला सहकारी सङ्घ एवम् डिभिजन सहकारी कार्यालयको संयुक्त बैठकबाट दिवसमनाउन ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । जिल्ला सहकारी सङ्घ लिमिटेडकाअध्यक्ष माधव दुलालको संयोजकत्वमा गठित उक्त समितिमा जिल्ला सहकारी सङ्घ ललितपुरकासञ्चालक एवम् लेखा समितिका पदाधिकारीहरु, विषयगत सङ्घका सञ्चालक एवम् लेखा समितिकापदाधिकारीहरु र जिल्लाबाट राष्ट्रिय सङ्घ एवम् निकायहरुमा प्रतिनिधित्व गर्नेहरुकोसहभागिता रहेको जनाइएको छ ।

मूल समारोह समितिलेआयोजना गरेको भेलाले दुई दिने कार्यक्रम गरी दिवस मनाउने निर्णय भएकोप्रचारप्रसार समितिका संयोजक एवम् जिल्ला सहकारी सङ्घका सञ्चालक अमृतनाथ तिमल्सिनाबताउनुहुन्छ । यही चैत १९ र २० गते मनाइने कार्यक्रमका लागि १८ गते प्रचारात्मक मोटरसाइकल रयालीको आयोजना गर्ने निर्णय भएकोतिमल्सिनाले जानकारी गराउनुभयो । प्रचारप्रसार समितिले जनाएअनुसारसहकारी प्रदर्शनी, पुस्तक एवम् सहकारी वुलेटिनको विमोचन, प्रभातफेरी, सहकारीदोहोरी गीतलगायतका कार्यक्रमहरु समावेश गरिनेछन् । ललितपुर जिल्लामा पाँच विषय सहकारी सङ्घसहित आठ सयको हाराहारिमा सहकारी संस्था सञ्चालित छन् ।

No comments:

Post a Comment