Wednesday, February 23, 2011

हतियारधारी समुहद्वरा नुवाकोटका व्यापारीको घरमा लुटपाट

कूल तामाङ्
 फागुन ११ नुवाकोट। तियारसहित आएका नवावधारीहरुको समुहले गणेशस्थानका व्यापारीको घरमा लाखौ रुपैया लुटपाट गरेका छन् ।

गणेशस्थान गाविस वडा नंं १ फेदीबेसीका व्यापारी ध्रुव अधिकारीको घरमा अज्ञात समुहले मंगलबार राती ८ लाख ५५ हजार रुपैया लुटेका हुन् । गए राती कात्रो किन्ने बहानामा पसलमा प्रवेश गरेका खुकुरी र खुडा सहित आएका ८ जनाको समुहले पुर्व गाविस अध्यक्ष समेत रहेका व्यापारी अधिकारीलाई आक्रमण गरी नगद लुटेर लगको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पिडित अधिकारीका अनुसार विदुर स्थित मालपोत कार्यालयमा जग्गा पासका लागी विदुरको हिमालयन वैकवाट निकालेको ५ लाख, कृषि विकास वैक खरानीटार वाट निकालेका २ लाख र घरमा व्यापार व्यवसायका लागी जम्मा भएको रकम गरी ८ लाख ५५ हजार नगद आक्रमणकारी समुहले लुटेर लगेका छन् । हतियार लिएर घर भित्र छिरेका तीन जनाले अधिकारीलाई नियन्त्रणमा लिएपछि अन्य आठ जनाले घरलाई
नियन्त्रणमा लिएका थिए ।

लुटेराहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबा एकथान खुडा, एक थान चुप्पी र टोपी बरामद गरको छ ।

प्रतिकार गर्ने क्रममा लुटेराहरुको आक्रमणबाट अधिकारी सामान्य घाइते समेत भएका छन् । उनी एमालेका जिल्ला स्तरीय नेता समेत हुन् ।

No comments:

Post a Comment