Tuesday, February 22, 2011

शान्ती र संबिधान लाई पुर्णता दिन ७ बुदे सहमति : प्रचण्ड


फागुन १० बाँके । एकिकृत नेकपा माओबादिका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्ती र संबिधानलाई पुर्णता दिन ७ बुदे सहमति गरिएकाले यसको बिकल्प नभएको बताउनु भएको छ । बाँकेको राझाँ बिमानस्थलमा मंलगबारक्रान्तिकारी पत्रकार संघ बाँकेले आयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

प्रचण्डले एमालेले ७ बुदे सहमतिको बारेमा ठोस निर्णय लिन नसक्दा मन्त्री परिषद बिस्तार हुन ढिलाई भएको धारणा राख्नु भयो । शान्ती र संबिधान बिरुद्ध राष्ट्रपति शासान बा अन्य प्रतिगमनको खतरा रहेकाले त्यस बिरुद्ध ब्यापक जनपरिचालनका लागि आप्नो पार्टिले देशब्यापी प्रशिक्षण कार्यक्रम गरेको प्रचण्डको भनाई छ ।

७ बुदे सहमति परिर्मार्जन बारे संन्चार कर्मिको जिज्ञासामा अध्यक्ष प्रचण्डले ७ बुदे सहमति लागु भई सरकार गठन भई सकेकाले अब परिमार्जन हुनै नसक्ने धारणा राख्नु भयो । ७ बुदे सहमति बारे काग्रेसको असन्तुष्टी बारे पनि आफुहरु छलफल गर्न तयार रहेको बताउदै अध्यक्ष प्रचण्डले शान्ती र संबिधानको पुर्णताका लागि काग्रेस लागायत मधेश बादि सक्तीको सहयोग आबस्यक रहेको बताउनु भयो ।

गृह मन्त्रालय बारे संन्चारकर्मिको जिज्ञासमा अध्यक्ष प्रचण्डले अहिले एमाले संग गृह मन्त्रालय कसले लिने बारे बिबाद भएको नभई ७ बुदेको कार्यन्यन गर्ने या नगर्ने भन्ने हो भन्नु भयो । ७ बुदे कार्यन्यनको बिबाद हल भए सबै बिबाद हल हुने धारणा राख्नु भयो ।




No comments:

Post a Comment