Tuesday, February 22, 2011

एमाले केन्द्रीय समितिद्वारा सात बुँदे जस्ताको तस्तै पारित

 फागुन १० काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठकले गत माघ २० गते प्रधानमन्त्री निर्वाचनका बेला आफ्ना अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्ड विच भएको ७ बुँदे सहमती जस्ताको तस्तै पारित गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा आज करिब छ घण्टा बसेको केन्द्रीय समिति बैठकले शान्ति र संविधान निर्माणलाई पुर्णता दिनु तथा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि ७ बुँदे सहमती आबस्यक भएको ठहर गरेको छ ।

बैठकले मन्त्रालय बाँडफाडको अन्तिम टुङ्गो लगाउने जिम्मा भने स्थाई समितिलाईनै दिएको बैठक पछि पार्टी प्रधान र विभाग प्रमुख प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

७ बुँदे सहमती पारित भएपछि सरकार गठनले पुर्णता पाउने अपेक्षा गरिएको छ । साथै एमालेले कांग्रेस लगाएतका अन्य दललाई पनि सरकारमा सहभागिताका लागि आग्रह गरेको छ ।

No comments:

Post a Comment