Tuesday, April 5, 2011

माओवादीको धम्की सत्ता कब्जा गर्नका लागि भएको माधवकुमार नेपालको आरोप


चैत  २२ जनकपुर। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीले सेना शिविरलाई धन कमाउने आधार बनाएको आरोप लगाउनु भएको छ ।
लोतान्त्रिक मधेसी सङ्गठन भेलाको उद्घाटन गर्दै उहाँले माओवादी सेना शिविरका नाममा सरकारले दिइरहेको मासिक रु १६ करोडलाई माओवादीका नेताहरूले पारदर्शी नगरेको चर्चा गर्दै उहाँले माओवादी शिविर धम्की दिने र आतङ्क सिर्जना गर्ने स्थल बनेको धारणा राख्नुभयो ।
वरिष्ठ नेता नेपालले माओवादीले पूरक बजेटको प्रस्ताव अघि सार्नुमा राज्यको ढुकुटी ब्रहृमलुट गर्ने षड्यन्त्र रहेको बताउँदै माओवादीको विद्रोहको धम्की सत्ता कब्जा गर्नका लागि भएको बताउनुभयो ।

No comments:

Post a Comment