Tuesday, April 5, 2011

लिङगो जात्रा हेर्न आउने दर्शकहरुले नयाँ हलिङ पतङ अबलोकन गर्न पाउने

रविन राचलिका
 चैत २२ भक्तपुर।  भक्तपुरमा लिङगो जात्रा हेर्न आउने दर्शकहरुले यसपाली नयाँ हलिङ पतङ समेत अबलोकन गर्न पाउने भएका छन् । लिङगो संगै ठडाइने तेतिस हात लामो कलात्मक कपडालाई हलिङ पतङ भनिन्छ । बिषेश अबसरमा मात्र यो कपडा फेर्ने गरिएको छ । 
यस बर्ष नयाँ संबिधान जारी हुने खुसीयालीमा नेपाल सरकारले नयाँ हलिङ पतङ बनाउन लगाएको हो । यस अघि पुर्ब राजा ज्ञानेन्द«ले सत्ता कब्जा गरेको खुसीमा हलिङ पतङ राख्न लगाएका थिए ।
हलिङ पतङ बनाउन गत फागुन १५ गतेदेखि भक्तपुरका पुर्ण चित्रकारको परिवार दिनरात खट्दै आएका छन् । हलिङ पतङको लागि आबश्यक कपडा सिलाउने काम सुचीकारले गरेका छन् भने । यसमा सजाउन राखिएका घण्टा र सुर्यको मुर्ति ताम्राकारले बनाएका हुन् । हलिङ पतङ लिङगोमा झुण्ड्याउने आबश्यक किलाहरु नकर्मीले तयार पारेको हो । 
हलिङ पतङमा बिभिन्न शुभ संकेत दर्शाउने चिन्हरुको चित्र कोरिएको छ । यसमा बाघ, पंक्षी र गैडाको पनि चित्र राखिएको छ । नवदुर्गा र ब्रम्हायणीको चित्र सबैभन्दा माथि राखिएको छ । 

No comments:

Post a Comment