चैत २० लमजुङ। अन्तराष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सुर्यप्रसाद सुवेदीले लागि राष्ट्रपतिय शासन व्यवस्था उत्तम हुने बताउनुभएको छ । पुख्र्यौली थलो लमजुङको सिम्पानी पुग्नुभएका प्रा.डा. सुवेदीले रेडियो लमजुङसँगको कुराकानीमा विगतमा संसदीय प्रणाली असफल भएकाले दिर्घकालिन रुपमा काम गर्ने वातावरण बनाउन पनि कार्यकारी राष्ट्रपति शासन आवश्यक रहेको बताउनुभयो ।
कार्यकारी राष्ट्रपति शासन नहुँदा मुलुकमा दुईवटा शक्ति केन्द्र हुनेहुँदा विदेशी चलखेल पनि बढ्न सक्ने उहाँले बताउनुभयो । सुवेदीले राजनीतिक दलहरुले आफुँलाई जिम्मेवारी दिए एक महिना भित्रै संविधान बनाएर देखाइदिने बताउनुभयो ।
No comments:
Post a Comment