Sunday, April 3, 2011

त्रिशुली नदीमा कार खस्दा दुई जनाको घटनास्थलमै मृत्यु


कूल तामाङ्
 चैत २० धादिङ। पृथ्वि राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सडक खण्डबाट आज दिउँसो एउटा निजी कार त्रिशुली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

बुटवलबाट काठमाडौं तर्फ आउँदै गरेको बा ८ च २३४ नम्वरको कार दिउँसो साँढे दुई बजे कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा बुटवल स्थायी घर भएकी अन्दाजी २३ वर्षीया इन्दीरा ज्ञावाली र २८ वर्षीय शन्तोष ज्ञावालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका दिप्ती पाण्डे र शन्तोष पाण्डेलाई उपचारको लागि काठमाडौं पठाइएको छ । कार अनियन्त्रित भएर सडकबाट त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment