Tuesday, April 5, 2011

आँखा अप्रेशन सिविर सम्पन्न

यम चौलागाई
 चैत २२ सिन्धुली।  सिन्धुलीको पश्चिीमी दुर्गम गाविस महेन्द्र झ्याडीमा निशुल्क आँखा अप्रेशन सिविर संचालन गरिएको छ । जानकी आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीको आयोजना तथा जुनियर रेडक्रस सोसाइटी मावि महेन्द्र झ्याडीको व्यवस्थापनमा उक्त सिविर संचालन गरिएको हो । 

सिविरको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा हिजो एक कार्यक्रम गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा माओवादी सह इन्चार्ज दिर्घराज श्रेष्ठ , कांग्रेस सिन्धुलीका सभापति मोहन बराल एमाले अध्यक्ष कमलजंग राई, पत्रकार महासंघ सिन्धुलीका सभापति श्यामहरी अधिकारी रेडियो साहाराका प्रवन्ध निर्देशक होम कुमार कार्की राजन लगायतले मन्तव्य राख्नु भएको थियो । 

सिविरमा एक सय पच्चिस जना को निःशुल्क आँखाको शल्यक्रिया गरिएको बताइएको छ ।

No comments:

Post a Comment