Wednesday, April 6, 2011

सिन्धुलीको बस्तीपुरमा पहिलो पटक गाडी पुग्यो

यम चौलागाई चैत २३ सिन्धुली ।
सिन्धुलीको वस्तिपुर गाविसमामा आज पहिलो पटक गाडी पुगेको छ । पहिलो पटक गाविसमा गाडी पुगेपछि स्थानिय वासी हरुले खुसीयालीका साथ गाडी तथा सवारी चालकलाई फूल मालाले स्वागत गरेका थिए । ग्रामिण सडकको स्थानिय ८९ वर्षिय बयोवृद्ध हर्क बहादुर बुर्जाले उद्घाटन गर्नु भएको थियो । विभिन्न संघ संस्था र स्थानियको श्रमधानबाट गरी करिव १३ लाखको लागतमा उक्त सडकको निर्माण गरिएको स्थानिय चन्द्र थामीले जानकारी दिएका छन् । कुशेश्वर दुम्जाको काफ्ले चौर देखि बस्तीपुर ३ सम्म गरी करिब ७ किलोमिटर सडक निर्माण भएसँगै त्यस गाविसका वडा नं ३ र ४ का स्थानिय वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् भने पुरै गाविस लगायत छिमेकी गाविसलाई पनि सुविधा पुगेको स्थानिय वासिन्दाले बताएका छन् ।

No comments:

Post a Comment