चैत २१ सुनसरी। सुनसरीको लौकहीमा सोमबार दुई वटा बस एक आपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । दुर्घटनामा ६२ जना यात्रु घाइते भएको छन् । विराटनगरबाट सप्तरीको फत्तेपुर आउँदै गरेको ना.३ ख २३७० नम्बरको बस र विपरित दिशाबाट गइरहेको ना.२ ख ६८३५ नम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनापछि तीन जनाको घटनास्थलमै र सात जनाको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्युभएको हो । घाइतेमध्ये १५ को अवस्था गम्भीर रहेको अस्पताले जनाएको छ । गम्भीर घाइतेको विराटनगरस्थित विराटनगरस्थित न्यूरो अस्पतालमा र सामान्य घाइतेको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै उद्धारका लागि गएको प्रहरीको बा.१ झ ८३० नम्बरको भ्यानसमेत दुर्घटनामा परेको थियो । प्रहरीको भ्यानलाई पूर्वबाट पश्चिम आउँदै गरेको ना.२ ख ४०२८ नम्वरको बसले ठक्कर दिँदा ६ प्रहरी घाइते भएका छन । घाइत प्रहरीको पनि विराटनगरको न्यूरो अस्पतालमै उपचार भइरहेको छ ।
No comments:
Post a Comment