Sunday, April 3, 2011

राजनीतिक दलहरु बिच सहमती भए मात्रै शान्ति र संविधानः राष्ट्रपति यादव


 चैत १९ काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न शान्ति प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेर र लोकतान्त्रिक संविधान बनाएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति डा यादवले पाएको उपलब्धिलाई संस्थागत गर्नको लागि शान्ति प्रक्रियालाई सम्पन्न गरेर नयाँ लोकतान्त्रिक संविधान ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बहुमत अल्पमत भन्दा पनि शान्ति सम्झौताको प्रावधान र संविधानले व्यवस्था गरेको विशेष समितिमा छलफल गरेर समितिमा रहेका पार्टीहरुवीच लडाकु व्यवस्थापनको लागि सहमति गरेर अघि बढ्नु राष्ट्रको लागि राम्रो हुने बताउनुभयो ।
“जब मुख्य पार्टीहरुबीच सहमति हुन्छ, त्यसपछि संविधान बनाउन सजिलो हुन्छ, शान्ति प्रक्रिया र संविधानको काम दुवै कुरा समानान्तर रुपमा लैजानुस्,” राष्ट्रपति डा यादवले भन्नुभयो ।
शान्ति र संविधानको कामलाई अघि पछि नगरेर दुवैलाई एकैसाथ अघि बढाउनुपर्ने उहाँको धारणा थियो ।

No comments:

Post a Comment