Wednesday, April 6, 2011

जनगणनाका बारेमा चितवनमा कार्यक्रम

धु्रवराज खनाल चैत २३  चितवन ।
यसवर्ष गरिन लागेको जनगणनाका बारेमा जिल्ला जनगणना कार्यालय चितवनले आज एक कार्यक्रम गरेको छ । जनगणनालाई प्रभावकारी बनाउने बारेमा छलफलको बारेमा जानकारी गराउन गरिएको कार्यक्रममा जिल्ला जनगणना अधिकृत लिलाप्रसाद मिश्रले कार्यपत्र प्रस्तुत गर्दै २०६८ को अन्त्यमा नेपालको जनसंख्या २ करोड ८५ लाख पुग्ने बताउनु भयो । चितवनमा एक लाख ३५ हजार घरधुरी रहेको अनुमान गरिएको बताउँदै मिश्रले यस पटक जनगणनाका लागी ५ सय जनगणक परिचालन गरिने जानकारी दिनुभयो । जनगणनाका लागि स्थानिय शिक्षकहरु परिचालन गरिने र उनीहरुलाई एक साता तालिम दिईने जनगणना कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment