Monday, March 21, 2011

प्रशासनले दलितहरुलाई वेवास्ता गरेको गुनासो

बविता परियार
 चैत ७  उदयपुर।दलितहरुलाई गरिने व्यवहारमा परिवर्तन नभएसम्म जातीय विभेद कायमै रहने सरोकारवालाहरुले बताएका छन् । ४६ औं अन्तर्राष्टिय जातीय विभेद उन्मुलन दिबसको अवसरमा उदयपुरमा आयोजना गरीएको जातिय विभेद अन्त्य तथा दलित अधिकार सुनिश्चित विषयक अन्र्तक्रिया कार्यक्रममा यस्तो बताईएको हो ।

गरिव र अशिक्षित भएकै कारण पनि दलितहरु जातीय विभेदको चपेटामा परेका भन्दै नयाँ संविधानमा दलितहरुको लागी विशेष अधिकारको व्यवस्था गरीनपर्ने बताईएको छ ।

 कार्यक्रममा जिल्ला प्रशासन कार्यलयबाट कोही पनि प्रतिनिधि नआएकोमा दुख व्यक्त गदै दलितहरुलाई अझै पनि सामाजिकरुपमा मात्र नभई जिम्बेवारी निकायले समेत बेवास्था गरेको आयोजक दलित जनअधिकार मंन्चका संयोजक अंमर परियारले गुनासो गर्नुभयो ।

No comments:

Post a Comment