फागुन ३० काठमाडौं। व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले १५ दिन भित्र सुरक्षा रणनीति बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले जेलभित्रैबाट अपराधीहरुले बाहिर आफ्नो सन्जाल बढाएको निष्कर्ष निकाल्दै सुरक्षा रणनीति बनाउन सरकारलाई निर्देशन दिएको हो ।
गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएका प्रधानमन्त्री झलनाथ खनाललाई अपराध नियन्त्रणको उपायसहित १५ दिन भित्र समितिमा उपस्थित हुन पनि समितिले निर्देशन दिएको छ ।
बैठकले सुरक्षाका लागि चाहिने आवश्यक उपकरण खरिद गरी सुरक्षा प्रवन्ध मिलाउन सुझाव दिएको छ । कारागारमा थुनामा रहेका कुख्यात अपराधीलाई एउटै व्यक्तिले पटक–पटक भेट्नु र प्रहरीले अपराधको संकेतसमेत नपाउनु दुःखद भएको बताएको छ ।
समितिले कुख्यात अपराधीहरुलाई कारागारमा अलग अलग स्थानमा राख्न पनि सुझाव दिएको छ ।
पूर्वमन्त्री र मन्त्रीहरुले पदमा रहँदा वा नरहँदा मन्त्रिपरिषदको निर्णयबाट लिएका सुविधा २० दिनभित्र समितिलाई जानकारी गराउन पनि बैठकले सरकारका मुख्य सचिबलाई निर्देशन दिएको छ ।
No comments:
Post a Comment