फागुन ३० टोकियो। जापानको फुकुसीमामा रहेको आणविक भट्टीको तेस्रो रियाक्टरमा पनि विष्फोट भएको छ । विष्फोटबाट ११ जना घाइते भएका बीबीसीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
भट्टीका दुईवटा रियाक्टर यसअघि नै विष्फोट भएका थिए । विष्फोटबाट हानिकारक विकिरणको प्रभाव भने कम रहेको बताइएको छ ।
यसैबीच महाप्रलयकारी भुकम्पपछि आएको सुनामीले जनजीवन तहननहस पारेको तीन दिन पनि वित्न नपाउँदै जापानमा फेरि नयाँ सुनामी आउने खतरा बढेको छ ।
३ दिनअघिको सुनामीले पुर्याएको क्षति निरीक्षण र उद्धारकार्यमा खटिरहेका उद्धारकर्मीहरुले समुद्रमा ३ मिटर उचाइमा लहर देखेको बताएका छन ।
उनीहरुले यसअघि सुनामी आएकै ठाँउ जापानको उत्तर पुर्वि तटमा फेरि सुनामी आउन लागेको खतरा औँल्याएका छन् ।
जापानको उत्तर पुर्वि क्षेत्रमा गएको भुकम्पमा परि अहिलेसम्म १० हजार बढीले ज्यान गुमाइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । अहिले त्यहाँ उद्धारकार्य जारी छ । सुनामीले भत्काएका भौतिक संरचनाभित्र अझै कोहि मानिसलाई जिउँदै उद्धार गर्न सकिन्छ कि भनेर त्यहाँको प्रहरी अहोरात्र खटिरहेको विविसीले जनाएको छ ।

No comments:
Post a Comment