Monday, March 14, 2011

बस ठोक्किदा दुई जनाको मृत्यु

 फागुन ३० तनहुँ।   तनहुँको आँबुखैरेनीमा सोमबार दिउँसो दुईवटा बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।अन्य १२ जना यात्रु घाइते भएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको ना ३ ख ३२ ०३ नम्बरको बस र विपरित दिशातर्फ गइरहेको ना ३ ख ८३ २५ नम्बरको बस आँबुखैरेनी गाविस वडा नम्बर ४ मा ठोक्किँदा एक चालक र एक युवतीको मृत्यु भएको हो ।

दुर्घटनामा ना ३ ख ३२ ०३ नम्बरको बसका चालक कास्कीका बिक्रम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकी अन्दाजी २५ वर्षीया युवतीको भने सनाखत हुन सकेको छैन ।

दुर्घटनामा गम्भीर घाइतेहरुको चितवनको भरतपुरमा र सामान्य घाइतेहरुको आँबुखैरेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment