Sunday, March 27, 2011

प्रधानमन्त्रीद्धारा सात बुँदे सहमतिलाई वाम ध्रुविकरणका रुपमा नलिन आग्रह

सोम सुनुवार
 चैत १३ इलाम। प्रधानमन्त्री झलनाथ खनालले सात बुंदे सहमतिपछि संविधान निर्माणको बाटो खुलेको बताउनुभएको छ । प्रधानमन्त्री खनालले सात बुँदे सहमतिलाई वाम धु्रविकरणका रुपमा नलिन नेपाली गागे्रस लगायतका राजनीतिक दललाई आग्रह गर्नुभयो । 

इलामको चोकबजारमा नेकपा एमाले जिल्ला कमिटी इलामले आइतबार गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले संविधानका लागि गरिएको सहमतिप्रति आशंका गरिनु नहुने बताउनुभयो । सहमति कसैका लागि  नराम्रो हुन सक्छ भन्दै उहाँँलेसात बुंदे सहमतिपछि संविधान बन्ने पक्का भएको बताउनुभयो। 

प्रधानमन्त्री खनालले एमालेको नेतृत्वमा मात्रै शान्ति र संविधानले पूर्णता पाउने ठोकुवा समेत गर्नुभयो । काँग्रेसलाई समेत सरकारमा सहभागी गराएर संविधान निर्माण प्रक्रियालाई पूर्णता दिनका लागि गृहकार्य भइरहेको भन्दै प्रधानमन्त्री खनालले संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन दलहरु बिचमा सहमतिको विकल्प नभएको बताउनुभयो ।

प्रधानमन्त्री पदमा निर्वाचन भएपछि पहिलो पटक गृहजिल्ला इलाम आउनुभएका प्रधानमन्त्री खनालले सहिद रत्न कुमार वान्तवाको शालिकमा श्रद्धाञ्जिली अर्पण गर्नुभएको थियो ।

No comments:

Post a Comment