Friday, April 8, 2011

माओवादीले संविधान बनाउन नचाहेको एमाले नेता प्रदिप ज्ञवालीको आरोप

चैत २५  संखुवासभा नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रदिप ज्ञवालीले एकीकृत माओवादीले संविधान बनाउन नचाहेको आरोप लगाउनु भएको छ । ज्ञवालीले बन्दुकको बलमा नया“संविधान कार्यान्वयन गर्न नदने पक्षमा माओवादी रहेको बताउनुभयो । संखुवासभाको खा“दबारीमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहा“ले शान्ति प्रक्रियाका लागि एमालेले माओवादीको साथ सहयोग नपाएको गुनासो गर्नुभयो ।

 पोलिटव्युरो सदस्य ज्ञवालीले परिवर्तन उल्ट्याउने शक्तिहरु उत्साहित भएको बताउनुभयो । उहा“ले ५० दिनभित्र संबिधानको ड्राप्mट मात्रै जनता सामु ल्याउन सकिने बताउदै पर्सि सोमबारभित्र मन्त्रिमण्डलले पुर्णता पाउने दाबी गर्नुभयो ।

No comments:

Post a Comment