Sunday, February 27, 2011

झलनाथ नेतृत्वको वर्तमान सरकार ढल्छ: उपेन्द्र यादव

 फागुन १५ बुटवल । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले माओवादीबीचको असमझदारी अन्त्य नहुँदासम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले एकदुई मन्त्रालय दिने र सरकारमा सहभागी बनाउने सर्तमा मात्र आफूहरु सरकारमा नजाने स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो ’दुई दलले शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउने, समयमै संविधान निर्माण गर्ने र सङ्घीय लोकतन्त्रलाई संस्थागत गर्ने विश्वसनीय आधार तयार गर्नुपर्छ ।’

गृहमन्त्रालयका लागि माओवादी र एमाले एकआपसमा लड्दा झलनाथ नेतृत्वको वर्तमान सरकार तुहिने सम्भावना बढेकोसमेत उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले संविधान नबन्दासम्म संविधानसभाको समय नसकिने भन्ने सर्वोच्चको आदेश चित्तबुझ्दो नभएको भन्दै भन्नुभयो(’संविधान बनाउने कुरो न्यायिक नभएर राजनीतिक हो, राजनीतिक मामिलामा सर्वोच्चले अनावश्यक हस्तक्षेप गर्नु उचित हुँदैन ।’ रासस

No comments:

Post a Comment