Wednesday, March 9, 2011

पैसा अभावमा प्रसुतीगृह अलपत्र

राजेन्द्र न्यौपाने फागुन २५ गोरखा ।
ढुङगागाडे आरुघाट मोटरवाटोको ग्राभेल योजना अनुसार सामाजिक सेवा कार्यक्रम अन्तरगत फिनाम गाविसमा निर्माणाधिन प्रसुतिगृह पैसाको अभावले अलपत्रको स्थितिमा रहेको छ । गत भदौ दोश्रो हप्तावाट निर्माण शुरु भएको प्रसुति गृह योजनामा ३ लाख नगद मात्र ड्रिलिप योजनावाट प्राप्त भएको निर्माण समितिका अध्यक्ष मंगल वयलकोटीले वताउनुभएको छ । कुल १० लाख ३६ हजार ७ सय ६७ रुपैयाँ लाग्ने सो प्रसुति गृह आउँदो चैत्र २४ गतेसम्ममा सक्ने सम्झौता भएतापनि रकम प्राप्त नभएकाले अलपत्र परेको हो ।

१७ मिटर लम्वाई र ११ मिटर चौडाईको सो भवनमा एक शौचालय, दुई कोठा र एक हल वनाउने योजना रहेको छ । सो भवनको छत ढलानको लागि पैसाको अभावले सामाग्री परेको अध्यक्ष बयलकोटीले जानाकारी दिनुभयो । ज्यालामा लगाएको मजदुरीलाई दुई लाख ५० हजार र सामग्री खरिद वापतको एक लाख भन्दा बढी रकम तिर्न बाँकी रहेको र सो भवन बनाउने जिम्मा लिएको ड्रिलिपमा गुनासो गर्दा कुनै सुनुवाई नभएको र पछि भन्दै टार्ने गरेको बयलकोटीले वताउनुभयो । ड्रिलिपले भने आफुहरुले सर्पोट मात्र गरेको बताएको छ ।

No comments:

Post a Comment