फागुन २५ काठमाडौं । नयाँ संविधान लेखनका क्रममा दलहरुबीच विवाद समाधानका लागि गठित संवैधानिक समितिअन्तर्गतको उपसमितिले विवादित ७५ मध्ये ३० वटा बुँदामा सहमति जुटाएको छ । उपसमितिको बुधबारको बैठकमा ब्यवस्थापकीय अंगको स्वरुप निर्धारण समितिको प्रतिवेदन माथि छलफल भएको थियो ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले उपसमितिमा प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र निर्वाचन हुन नसके प्रतिनिधिसभा नब्युँताउने र त्यस्तो संक्रमणकालमा राष्ट्रियसभाले काम गर्ने विषयमा प्रारम्भिक सहमति भएको जानकारी दिनुभयो । उहाँले समितिका विवादमध्ये कतिपय राज्य पुनःसंरचना समिति र कतिपय निर्वाचनसँग सम्वन्धीत भएकाले त्यहाँ छलफल गर्ने गरि ति प्रश्नहरु हटाइएको समितिका जानकारी दिनुभयो । अब नयाँ संविधानमा मिल्न नसकेका ४५ बुँदा मात्र बाँकी छन् । उपसमितिले आगामी बैठकबाट शासकीय स्वरुपका विवादीत बिषयमा छलफल थाल्ने जनाएको छ ।
सबै विवाद समाधान गर्न उपसमितिलाई फागुन मसान्तसम्मको समयसीमा छ ।
No comments:
Post a Comment