माघ २९ विराटनगर । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई एमालेले गृह मन्त्रालय कुनै पनि हालतमा दिन नहुने बताउनुभएको छ । विराटनगरमा आज हुने पूर्वाञ्चल क्षेत्रीय बौद्ध धर्मोदयसभामा सहभागी हुन पुग्नुभएका नेपालले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारमा जानुअघि भएको सातबुँदे सहमति त्रुटीपूर्ण भएको भन्दै एमाले स्थायी समितिले सुरक्षासम्बन्धी कुनै पनि मन्त्रालय माओवादीलाई नदिने निर्णय गरेको बताउँनुभयो । पूर्व प्रधानमन्त्री नेपालले सरकारमा जान एउटा मन्त्रालयको लागि मरिहत्ते गर्ने माओवादीले एमालेको काँधमा बन्दुक राखेर आफ्नो स्वार्थ पूरा गर्न लागेको आरोप लगाउनुभयो ।
यसैबीच काठमाण्डुमा एमाले सचिव शंकर पोखरेलले पनि शान्ति प्रक्रिया टुङ्गोमा नलागेसम्म एकीकृत (माओवादी) लाई सुरक्षासम्बन्धी मन्त्रालयको जिम्मेवारी दिन नहुने बताउनुभएको छ । दाङ–काठमाडाँ सम्पर्क मञ्चको आठौँ सम्मेलनको आज उद्घाटन गर्दै उहाँले राष्ट्रिय सहकार्यका लागि इमान्दार हुने हो भने प्रधानमन्त्री पद छाड्ने माओवादीले गृहमन्त्रालय पनि छाड्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

la gadha dherai batho naho hai. 7 mahina samma kamchalau bhayera gadha kukur
ReplyDelete