राजेन्द्र न्यौपाने फागुन २५ गोरखा । जिल्लाको मिरकोट, मसेल, च्याङली, धुवाँकोट, ताप्ले, पाँचखुवादेउराली, फुजेल,दरबुङ लगायतका दुई दर्जन भन्दा बढी गा.वि.स.हरुमा खसीबोका बिक्रि हुन छाडेपछि मासुको मूल्यमा पनि गिरावट आउन थालेको छ । मिरकोट, धुवाँकोट,गाईखुर, च्याङली, देउराली लगायतका गाविसहरुमा यतिवेलाकृषकको घर घरमा खरी बोका भएतापनि बिक्रि नहँदा चिन्तित वनेका छन् । यस वर्षको दशैमा अधिकांशका घरमा खसीबोका भएको र केहीले गोरखा बजार, खैरेनी ,डुम्रे लगायतका बजारबाट खसीबोका खरिद गरेका कारण गाउँमा ग्राहक नआएका कृषक भेष वहादुर खड्काले बताउनुभयो । खसीबोका बिक्रि हुन छाडेपछि गाउँमा मासुको मुल्य समेत खस्कँदै जान थालेको छ ।
गत दशैमा रु ८०० प्रति धार्निमा खरिद भएको खसीबोकाको मुल्य हाल आएर रु ७०० प्रति धार्नी भएको छ । यस्तै गिरावट भैरहने हो भने केही महिनामा रु ५०० प्रति धार्नि हुने कृषक खड्काले जनाएका छन् । प्रतिधार्नी रु ७०० को दरले बिक्रि गर्न मुल्य निर्धारण गरेतापनि आफ्नो ३ खसी वुढो भएका कारण मनकामनामा लगेर बिक्रि गरेको मिरकोट –८ का कृषक स्थिर प्रसाद खनालले दुखेसो पोख्नुभयो । किसानहरुले उत्पादन गरेका कृषि उत्पादनको बजार व्यवस्था नहुँदा उनीहरुको खेती गर्ने जाँगरमा कमि आउने संकेत देखिएका कृषि कार्यलयका एक कर्मचारीले जानकारी दिनुभयो । गाउँमा खसी काटेर खान सक्ने क्षमता भएका मानिसहरु कम रहेको कारण खपत हुन नसकेको किसानहरुले बताएका छन् । खसी काट्नको लागि २०देखि २५ जना मिल्नु पर्ने हुन्छ तर बजारमा जताततै बोइलर कुखुरा पाइन्छ त्यसको मासु जसले जतिखेर पनि सजिलै पाउन सक्छ यसकारण खसीबोका बिक्री हुन नसकेको किसानहरुको अनुमान रहेको छ । स्याहार गरेर मोटो बनायो बोसो छ भनेर लान मान्दैनन् भन्नुहुन्छ दरबुङका खसी किसान ज्योति घिमिरे ।

No comments:
Post a Comment