Monday, March 14, 2011

नेपाल सदभावना पार्टी संस्थापक नेता आनन्दीदेवी सिंहको निधन

 फागुन ३०  काठमाडौं। नेपाल सद्भावना पार्टीका संस्थापक नेता आनन्दीदेवी सिंहको ८१ वर्षको उमेरमा निधन भएको छ। पतिको निधनपछि पार्टी अध्यक्ष समेत  बन्नु भएको उहाको सोमबार सप्तरीको राजविराजमा   निधन भएको हो ।

पार्टीभित्रको आन्तरिक खिचातानी बढ्दा आफ्नै पार्टी सम्बद्ध नेताहरुले उनको अपहरण गर्ने, बेपत्ता पार्ने जस्ता काम गर्दै आएका थिए। यस क्रममा उहा कैयौं दिन बेखबर समेत  रहनु भएको थियो । आफूलाई गजेन्द्रनारायण सिंह वा आनन्दीदेवीको नजिक भएको दाबी गर्दै उनीहरुको नामबाट राजनीतिक फाइदा लिन खोज्नेको चपेटामा उहाका पछिल्ला दिन बितेका थिए।

 विभिन्न रोगबाट समेत ग्रसित आनन्दीदेवीका सन्तान छैनन्।

No comments:

Post a Comment