फागुन ३० टोकियो । फुकुसिमा प्रान्तस्थित आणबिक भट्टीमा गत शुक्रबार गएको शक्तिशाली भुकम्पले क्षति पुगेपछी त्यहाँबाट उत्पादन हुने बिद्युतको उत्पादन बन्द भई माग अनुसारको बिद्युत आपुर्ति गर्न नसकिने हुनाले टोकियो ईलेक्ट्रिक पावर कम्पनीले योजनाबद्ध रुपमा लोडसेडिङ गर्ने घोषणा गरेको छ ।
उक्त कम्पनिले आइतवार साँझ एक पत्रकार सम्मेलन गरी मार्च १४ तारिख आजदेखि लोडसेडिङ गर्ने घोषणा गरेको हो । तर अधिकांश सरकारी कार्यालयहरु रहेको टोकियोको केन्द्र भागमा भने १४ तारिखमा बिद्युत आपुर्ति बन्द नगरिने जनाइएको छ। त्यस बाहेकका क्षेत्रहरुको लागि भने बिद्युत आपुर्ति बन्द हुने तालिका सार्वजनिक गरिएको छ ।
१५ तारिखपछिको तालिका भने अघिल्लो दिनको बेलुकी सार्वजनिक गरिने बताइएको छ । बिद्युत आपुर्ति बन्द हुने क्षेत्रहरुको बिवरणको लागि टोकियो ईलेक्ट्रिक पावर कम्पनीको होमपेज http://www.tepco.co.jp/ हेर्न अनुरोध गरिएको छ । अथवा जापानी टेलिभिजनहरुमा पनि उक्त विवरणको बारेमा प्रसारण गर्ने भएकोले टेलिभिजन हेरेर आवश्यक सुचना लिन पनि अनुरोध गरिएको छ ।
No comments:
Post a Comment