Wednesday, March 30, 2011

बिरामीलाई फलफुल वितरण

चन्द्रश्वर बस्ताकोटी
 चैत  १६म्याग्दी ।नेपाल पत्रकार महासंघको ५६ औ स्थापना दिवसको अवसरमा म्याग्दी जिल्ला शाखाले बुधबार जिल्ला अस्पताल म्याग्दीका बिरामीलाई फलफुल वितरण गरेको छ ।

अस्पतालमा रहेका १५ विरामीलाई दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नागरिक समाजका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, महासंघ म्याग्दीका अध्यक्ष सुरज केसी, अस्पतालका विमल श्रेष्ठ लगाएतका सहभागि सञ्चार कर्मीले विरामीलाई फलफुल वितरण गरेका थिए ।

सोही अवसरमा महासंघ म्याग्दीका सचिव हरिकृष्ण गौतमले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । यसबर्ष महासंघ स्थापनाका दिवसको नारा शान्ति,सहमति र संविधान नेपाल पत्रकार महासंघको अभियान भन्ने नारा तय गरेको छ ।

No comments:

Post a Comment