Wednesday, March 30, 2011

जुवातास र जांडरक्सि नियन्त्रण गर्न स्थानीय वासिन्दा सक्रिय


चैत १६ धादिङ । धादिङ जिल्लाको खाल्टे गाविस वडा नंं ९ का  स्थानीय वासिन्दा आफ्नो वडामा जुवातास र जांडरक्सि नियन्त्रण गर्न सक्रिय भएर लागि परेका छन ।

जांडरक्सि र जुवातासका कारण समुदायको विकासमा वाधा पुग्नुका साथै समाजमा झैझगडा र घर परिवारमा समेत समस्याहरु देखिन थालेपछि गाउंवासीले वडा स्तरमा समितिको गठन गरी गाउंलाई जांडरक्सि र जुवातास निषेधित क्षेत्र वनाउन लागि परेका हुन ।

गरिवी निवारण कोषको सहयोगमा गैर सरकारी  संस्था चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाजले खाल्टे गाविसमा संचालन गरेको गरिबी निवारण कार्यक्रमबाट प्रेरित भई यहांका वासिन्दाले नमुनादेवी सामुदायिक संस्थाको गठन गरि समाजिक विकासका कार्यहरु गर्दै आएका छन् ।

संस्थाका अध्यक्ष टेकबहादुर विकका अनुसार संस्थामा आवद्ध स्थानीय वासिले गाउंमा वसेर जांडरक्सि बेच विखन तथा सेवन गर्ने जुवातास खेल्ने खेलाउनेलाई शुरुमा सचेत गराउने र सचेत गराउंदा पनि नभएमा दण्ड जरिवाना गराएर छाड्ने गरिएको छ । संस्थाको निर्णयपछि यहांका वासिन्दामा परिवर्तन देखिएका हो  ।

सदरमुकाम धादिङबेसीबाट नजिकै रहेर पनि विकासका अवसरहरुवाट बञ्चित रहेको खाल्टे गाविसको वडा नम्बर ९ लाई नमुना गाउं वनाउन समेत  गाउंवासी लागि परेका छन । विपन्न दलित समुदायको मात्र सहभागितामा गठन भएको देउराली सामुदायिक संस्थाले शुरु गरेको जांड रक्सि तथा जुवातास नियन्त्रण अभियानलाई समाजका सवै वर्ग र समुदायले सहयोग गरेका छन् । 

No comments:

Post a Comment