Sunday, March 20, 2011

नुवाकोटका खेलाडीले पाच स्वर्ण जिते

कूल तामाङ् 
 चैत ६ नुवाकोट। दोश्रो दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपाल प्रथम भएको छ ।नेपाललाई प्रथम बनाउने क्रममा नुवाकोटका खेलाडीले पाच स्वर्ण जितेका छन् ।

नुवाकोट बागेश्वरीकी तुलसी थापामगरले चार स्वर्ण पदक जितेर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ । थापामगरले व्यक्तिगत स्पायरिङ, ग्रुप स्पायरिङ, व्यक्तिगत प्याट्रन र सेल्फ डिफेन्समा स्वर्ण पदक जित्नु भएको हो । यस्तै नुवाकोट खानीगाउका मनोज घलेले पनि स्वर्ण पदक जिल्नु भएको छ । तीन जना खेलाडी सहभागि भएकोमा पाच  स्वर्ण, १ कास्य र १ रजत पदक जितेका थिए ।

शनिबार  सम्पन्न प्रतियोगितामा नेपाल ४२ स्वर्ण, ३४ रजत र ४५ कास्य पदक जित्दै प्रथम भएको थियो ।

No comments:

Post a Comment