Sunday, March 20, 2011

केन्द्रीय सदस्यको उम्मेदवारीका लागि शरण उत्सुक सापकोटालाई सिफारिस


 कूल तामाङ्
 चैत ६ नुवाकोट। नेपाल उद्योग वाणिज्य महासङ्घको यही चैत २८ गते हुने ४५ औँ वार्षिक साधारणसभा र नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा केन्द्रीय सदस्यको उम्मेदवारीका लागि नुवाकोट उद्योग वाणिज्य सङ्घले अध्यक्ष शरण उत्सुक सापकोटालाई सिफारिस गरेको छ ।

नुवाकोट उद्योग वाणिज्य सङ्घमा दोस्रो कार्यकालको नेतृत्व गरिरहनुभएका सापकोटाले जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

केरुङ–गल्छी उत्तर दक्षिण राजमार्गका माध्यमबाट चीन र भारतको पारवहन विन्दुका रूपमा विकास हुन लागेको र औद्योगिकीकरणतर्फ उन्मुख भइरहेको नुवाकोट जिल्लाले अहिलेसम्म केन्द्रीय सदस्य नपाएकाले आफूले पहिलो पटक सो पदमा उम्मेदवारी दिन लागेको सापकोटाले बताउनुभयो ।

महासङ्घको हालै सम्पन्न वाग्मती अञ्चलस्तरीय भेलाले पनि सापकोटा र सिन्धुपाल्चोकका विष्णुबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

No comments:

Post a Comment