Sunday, March 20, 2011

फोटो सहितको मतदाता नामावली संकलन शुरु हुने

चन्द्रश्वर बस्ताकोटी
 चैत ६  मुस्ताङ।  आगामी  निर्वाचनको लागि मुस्ताङमा आजदेखी फोटो सहितका मतदाता नामवली संकलन गर्नेबारे जानकारी गराईएको छ ।

जोमसोममा  एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि जिल्ला निर्वाचन कार्यालय मुस्ताङले कार्यक्रम शुरु गर्ने जनाएको हो । कार्यालयले आगामी १५ गतेबाट जोमसोम गाबिसको ठिनी गाउमा रहेको मुक्ती नमुना निमाबि र सदरमुकाम जोमसोम स्थित जनहित उच्चमाबिबाट फोटो सहितको नामावली संकलन गर्ने जनाएको छ । 

मुस्ताङका ३२ ओटा केन्द्रमार्फत फोटो सहितको नामावली संकलन गरिने जनाइएको छ । नागरिकता लिएका १६ बर्ष माथीकाको नामाबलि र १८ बर्ष पुगेकाको मतदाता नामाबलि सकलन गरिने जानकारी जिललानिर्वाचन आयोगका कार्यालय प्रमुख ज्ञानबहादुर बानीयाले बताउनु भयो । कार्यक्रममा करिब १ घण्टाको मतदाता शिक्षा सम्वन्धि श्रब्य दृष्य देखाइएको थियो । कार्यक्रमको अध्यक्षता फोटो सहितको नामाबलि सकलनका जिल्ला प्रमुख एव प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गर्नु भएको थियो ।

No comments:

Post a Comment