राजेन्द्र न्यौपाने
चैत ७ गोरखा । नेपाली काँग्रेस गोरखाले सोमबार नेपाली काँगे्सका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको वर्ष दिनको पुण्यतिथिको अवसर पारेर गोरखा जिल्ला अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
अस्पतालमा रहेका २२ जना विरामीहरुलाई फलफूल वितरण गरिएको हो । फलफूल वितरण कार्यक्रममा राजनैतिक दलका प्रमुख, सरकारी कार्यलयका प्रमुख, पत्रकारहरु र नेपाली काँग्रेसका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैवीच नेपाली काँग्रेस गोरखाले आज दिउँसो पश्चिमकालीमा सभासमेत गर्ने नगरसभापति राजनराज पन्तले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment