Monday, March 21, 2011

रक्त संचार केन्द्रका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

 चैत ७ विराटनगर । रक्त संचार केन्द्र विराटनगरका कर्मचारीले बिभिन्न माग गर्दै रक्त सेवा बन्द गर्ने आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । तलव सुविधा बद्धि, सुरक्षा, कर्मचारी थप, सेवा विस्तारलगायतका माग राख्दै कर्मचारीले रक्त संचार सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

विराटनगर स्थित रक्त संचार केन्द्रमा आज आयोजित कार्यक्रममा कर्मचारी संघर्ष समितिले मोरङ रेडक्रसले रक्त संचार सेवा बिस्तारमा कुनै ध्यान नदिएको जनाउदै आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

आगामी ९ गते १, १० गते २ र ११ गते तीन घण्टा सेवा बन्द गर्ने समितिले जनाएको छ ।

No comments:

Post a Comment