सुरेश बिडारी
चैत ७ महोत्तरी।महोत्तरीको खयरमाराको जङगलबाट स्थानीय युवाहरुले हिजो फेला पारेको अजिङगर सोमबार इलाका वन कार्यालय खयरमारामार्फत जिल्ला वन कार्यालय महोत्तरीलाई बुझाएका छन् ।
जिल्ला वन कार्यालयमा प्रमुख विन्दु कुमारी मिश्र कार्यालयमा अनुपस्थित रहनुभएकोले तत्काल अजिङगरलाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानमा राखने भएको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ ।
होली खेल्ने क्रममा खयरमारा चारमा स्थानीय युवाहरुले कालो पहेलो रङगको छिर्केमिर्के खालको अजिङगर फेला पारेका थिए । अजिङगर १५ इन्च मोटो र १२ फिट लामो रहेको चुरेभावर राष्ट्रिय एकता पार्टीका उपाध्यक्ष सञ्जय न्यौपानेले जानकारी दिनुभयो ।
No comments:
Post a Comment