Wednesday, March 16, 2011

उदयपुरका मृगौला रोगिद्धारा सहयोग गर्न अपिल

सुजाता ढुंगाना चैत २ उदयपुर ।
उदयपुरको बसाहा गाविसका मृगौला पिडित आनन्द राईको नयाँ जिबन माग्दै उहाँका आफन्त उदयपुरको सदरमुकाम गाईघाट पुगेका छन् । २६ वर्षिया मृगौला पिडीत राईलाई मृगौला उहाँकी बहिनी अनिता राईले दिने भएकी छन् । बिगत ३ वर्ष देखि मृगौला पिडित राई यतिबेला जीवन र मरणको दोसांधमा काठमाण्डौको विर अस्पतालमा उपचार गराई रहनुभएको छ । यहि चैत्र १३ गते उहाँको मृगौला पत्यारोपण गरीने हुदाँ ७ लाख रकम संकलन हुनु पर्ने भए पनि ८४ हजारमात्र संकलन भएको परिवारले जनाएको छ । राईलाई सहयोग गर्न चाहानु हुनेले राष्ट्रिय बाणीज्य बैकंको खाता नम्बर २३७००००७०९१० मा संकलन गरी सहयोग गरीदिनु हुन अपिल समेत गरेको छ ।

No comments:

Post a Comment