राजेन्द्र न्यौपाने चैत २ गोरखा ।
नेपाली काँग्रेसका संस्थापक नेता कृष्ण प्रसादभटटराईको १३ औं दिनको पुण्य तिथिको अवसरमा नेपाली काँगेस गोरखाले शोकसभा सम्पन्न गरेको छ । शोकसभामा बोल्दैनेपाली काँगेस गोरखाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुले उहाँले देखाएको बाटोबाटअगाडि बढ्नुपर्ने बताउनुभयो । सन्त नेताको रुपमाचिनिनुभएका भटटराई एउटा इमान्दार, कर्तव्यनिष्ठ र लगनशील नेता हुनुहुन्थ्यो । नेपाली काँग्रेसकागोरखा जिल्ला अध्यक्ष हरि घलेको सभापतित्व र सचिव सुकदेव दवाडीको सञ्चालनमा सम्पन्नउक्त कार्यक्रममा नेपाली काँग्रेस राजनराजपन्त, इश्वर पाण्डे,चन्द्र प्रसाद न्यौपाने, सभासद जीवनप्रेम श्रेष्ठ, कमला पन्तमाओवादीका नेता लेख बहादुर थापा मगर लगायतले उहाँको चर्चा गर्दै मन्तव्य राख्नुभएकोथियो । उहाँको तस्वीरमासभामा उपस्थित सबैले माल्यार्पण गर्नुभएको थियो । नेता भटटराईको पुर्खौली घरगोरखामा भएकोले उहाँलाई गुमाउनुपर्दा गोरवासीमा गहिरो शोक परेको छ । असाध्यैमिजासीला सबैसँग मेलमिलाप राख्ने कृष्ण प्रसाद भटटराई फेरी गोरखाले जन्माउन सकोस्भन्ने बक्ताहरुको भनाई रहेको छ ।
No comments:
Post a Comment