कूल तामाङ्
चैत ७ काठमाडौँ । शिक्षामन्त्री गङ्गालाल तुलाधरले शिक्षा सेवामा हालै उपसचिवबाट बढुवा भएका पाँचजना सहसचिवलाई विभिन्न निकायमा बहाल गर्नुभएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालका अनुसार यसरी जिम्मेवारी पाउनेहरुमा मन्त्रालयमा रहेको ‘शैक्षिक गुणस्तर परीक्षण चक्र’ महाशाखाको प्रमुखमा कमल पोखरेल, शैक्षिक जनशक्ति विकास केन्द्रको उपनिर्देशकमा बैकुण्ठ काफ्ले, ज्ञानी यादव र टेकनारायण पाण्डे हुनुहुन्छ ।
यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय (पश्चिमाञ्चल) को निर्देशकमा बाबुराम पौडेल खटिनुभएको छ । मध्यमाञ्चल शिक्षा निर्देशनालयका निर्देशक चोलेन्द्र पण्डितलाई मध्यपश्चिमको निर्देशकमा र देवकुमारी लुईंटेललाई मध्यमाञ्चलको निर्देशकमा सरुवा गरिएको नेपालले जानकारी दिनुभयो ।
मन्त्रालयले क्रमिक रुपमा जिल्ला शिक्षा अधिकारीहरुको पनि सरुवा तयारी गरिरहेको बुझिएको छ ।
No comments:
Post a Comment