चैत ७ ललितपुर। नेवाः प्रेस दबुको ललितपुर कार्यसमिति बिस्तार गरिएको छ । सुविनकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य–समिति चयन भएको हो । उपाध्यक्ष सुदन महर्जन,महा सचिब संगीता शाही, सचिब मिला ताम्राकार , कोसाध्यक्ष सुनिता बटाजु , सदस्यहरुमा रोमी महर्जन, बिमला बज्राचार्य , रबिन्द्र शाक्य र दिपेन्द्र महर्जनको कार्य समिती चयन गरिएको छ ।
विगत १ दशकदेखि स्वतन्त्र पत्रकारितामा आवद्ध रहेका अध्यक्ष श्रेष्ठ पत्रपत्रिका, एफएम, टेलिभिजन तथा अनलाईन मिडियामा समेत सक्रियरूपमा पत्रकारिता गर्दै आउनुभएको छ । अध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठले समावेशी विचार र सहकार्यमा जोड दिएर अघि बढ्ने बताउनुभयो । श्रेष्ठले कुरा होइन, काम गरेर देखाउनु चुनौतीपूर्ण हुने धारणा व्यक्त गर्दै नेवाः सञ्चारकर्मी लगायत सञ्चार क्षेत्रमा आवद्ध रहँदै आएका सबैलाई एकतामा बाँधेर एकत्रित हुनुपर्ने मुल नारा अडित रहेको बताउनुभयो ।
कार्यसमितिको चयन समारोहमा प्रमुख अतिथि तथा केन्द्रिय सल्लाहकार सुरेश खड्गी, केन्द्रिय अध्यक्ष नरेन्द्र श्रेष्ठ, केन्द्रिय महासचिव बिनोद रंजितकार, सहकोषाध्यक्ष भुषण खड्गीको उपस्थिती रहेको थियो । ललितपुरमा कार्यालयको स्थापनासँगै चैत्र ७ गते नेवा प्रेस देय् दबुको ललितपुर शाखाको विधिबत् प्रारम्भ समेत गरिएको छ ।
No comments:
Post a Comment