Thursday, March 17, 2011

जापानमा भूकम्प र सूनामीका कारण मर्नेहरुको संख्या ३ हजार ५ सय ७० पुग्यो


 चैत २ काठमाडौं   जापानमा गएको शुक्रवारको भूकम्प र सूनामीका कारण मर्नेहरुको संख्या ३ हजार ५ सय ७० पुगेको छ भने अझै हजारौ मानिस हराइरहेका छन् । भूकम्प र सूनामीका कारण ५ लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । यसैगरी भूकम्प र सूनामीले जापानको आणविक भट्टीहरुमा क्षति पुर्‍याएको हुनाले अवस्था गंम्भिर बनेको छ । जापानको भूगर्भ विभागले शुक्रवारको भूकम्पलाई ९ रेक्टर स्केल तिब्रताको रहेको जनाएको छ । यस अघि सो भूकम्पलाई ८ दशमलव ९ रेक्टर स्केल रहेको भनि मापन गरिएको थियो ।

उता फूकूसिमा आणविक संयन्त्रको रिएक्टर नम्बर ४ मा आगलागि भएपछि आणविक विकिरणको चुहावटको खतरा अझ बढेर गएको छ । यद्यपी आगो निभाइसकिएको स्थानिय संञ्चार माध्यमले जनाएका छन् । यसअघि नै फूकूसिमा आणविक संयन्त्रका ३ वटा आणविक भट्टीहरुमा विष्फोट भैसकेको छ । आणविक विकिरणको चुहावटको खतरालाई ध्यानमा राख्दै जापानमा रहेका हजारौ विदेशी नागरिकहरुले जापान छाड्ने क्रम बढेको छ । हालसम्म चुहावट विकिरणको खतरनाक प्रभाव भने कसैमा नदेखिएको प्राविधिकहरुले बताएका छन् । 

जापान छोड्नेमा चिनिया नागरिक अधिक रहेको वताइएको छ । अहिले जापान छोड्ने नागरिकको विमानस्थलहरुमा र्घर्ुइचोनै लागेको छ । जापानमा गएको भूकम्प र सूनामीका कारण भारत लगायत विश्वभरीको धितो पत्र बजारहरुमा समेत ठूलो गिरावट आएको छ । भारतको मुम्बइ स्कट एक्सचेन्जमा ४ सय अंक भन्दा बढीको गिरावट देखिएको छ भने नेशनल स्टक एक्सचेन्जमा १ सय ११ अंकको गिरावट रेकर्ड गरिएको छ । जापानको धितो पत्र बजारमा सूनामी र भूकम्पको सवैभन्दा बढी असर देखिएको छ । सूनामी र भूकम्पका कारण तहसनहस भएको उत्तर पूर्वि क्षेत्रमा अर्बौ डलरको क्षति भएको बताइएको छ । उता भूकम्प विदहरुले जापानमा गएको गत शुक्रवारको जस्तो विनाशकारी सूनामी प्रशान्त महासागरिय क्षेत्रमा प्रत्येक १ हजार वर्षा एक पल्ट आउनसक्ने बताएका छन् ।


No comments:

Post a Comment