Saturday, March 5, 2011

झलनाथ सरकारले सहिदको रगतलाई नभुलोस्ः पाण्डे


राजेन्द्र न्यौपाने
फागुन २१ गोरखा । एकीकृत ने.क.पा.( माओवादी)का पोलिट्व्यूरो सदस्य हितराज पाण्डेले माओवादीको सहयोगमा बनेको झलनाथ सरकारले दशौं हजार सहिदको रगतलाई भुल्न नहुने बताउनुभएको छ । झापाको सुखानी जंगलमा नेपाली आमाका क्रान्तिकारी छोराहरुलाई तत्कालीन सरकारले हत्या गरेको दिन पारेर माओवादीले देशव्यापी सहिद सप्ताहको अन्तिम दिन मनाउने क्रममा गोरखामा नेता पाण्डेले सो कुरा बताउनुभएको हो । गोरखाको हरमटारी स्थित सहिदगेट चोकमा भएको कार्यक्रमा नेपाली जनयुद्धका क्रममा सहादत प्राप्त गोरखाका १९२ लम्जङ २६ सहिद परिवारजनलाई दोसल्ला ओडाई अविर मालाले सम्मान गरिएको थियो । यसैगरी २२ जना वेपत्ता परिवारजनलाईहरु सम्मान गरिएको थियो । एकीकृत ने.क.पा. (माओवादी ) गोरखाका जिल्ला सेक्रेटरी चुडामणि खड्का प्रकाशको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इञ्चार्ज कृष्ण धिताल, सभासद, अमर तमु, पार्वती थापा, परशुराम रम्तेल, ज्ञानेन्द्र कुमाल, सविना बराम, किसान नेता भक्ति प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
क्षेत्र नंं २ का इञ्चार्ज यान प्रसाद भट्टले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको सञ्चालन क्षेत्र नं. १ का इञ्जार्ज लेख बहादुर थापा मगरले गर्नुभएको थियो । यसैवीच नेता पाण्डे सहिद परिवार तथा वेपत्ता परिवारजनसँग अन्तक्र्रिया कार्यक्रममा सहभागि भई उठेको प्रश्नको जवाफ दिनुभयो । कार्यक्रममा वेपत्ता परिवारजनहरुले आफ्ना छोराछोरी खोजीदिन आग्रह गरे । क्रान्ति सम्पन्न नभएकोले अझैं हसिया लिएर आन्दोलनमा लाग्न तयार रहेकोले क्रान्ति विरुद्ध कतै पनि सहमति र सम्झौता नगर्न सुझाव ती परिवारजनहरुले दिएका छन् । कार्यक्रममा बक्ताहरुले जनयुद्ध जारी रहेको बताउँदै सहिद सपना पूरा नहुँदा सम्म निरन्तर लडिरहने बताएका छन् ।

No comments:

Post a Comment