राजेन्द्र न्यौपाने फागुन २१ गोरखा । नेपाल बायोग्याँस प्रवर्धन समूहको आयोजनामा होटल गोरर्खा विसौनीमा गोरखामा गोबरग्याँस प्लान्ट निर्माणमा सरोकार वालाहरूको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि माननीय सभासद पार्वती थापाले नेपालका महिलाहरुलाई जहाँसुकै पनि दुख व्यथा रहेको विचार व्यक्त गर्दै घरमा गोबर प्लान्ट निर्माण गर्दा पनि पानी धेरै बोक्नु पर्ने जस्ता दुःख भएपनि अन्य धेरै प्रकारका सुविधा प्राप्त हुने भएकोले तथा यसबाट हुने व्यक्तिगत, सामाजिक वातावरण लगायत धेरै फाईदा हुने भएकोले आ आफ्नो क्ष्ोत्रबाट गोबरग्याँस निर्माणमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
वि एस पि नेपालका निर्देशक बलराम श्रेष्ठले आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण कुनैपनि स्थानमा गोबरग्याँस को निर्माणमा लाग्ने लागत भन्दा आम्दानी धेरै हुने बताउनुभयो । एन वि पी एका केन्द्रीय अध्यक्ष कृष्णचन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले गोवरग्याँस प्लान्ट निर्माणका लागि सबैले प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।
एकीकृत ने.क.पा. माओवादीका कृष्णराना मगरले निम्न मध्यम वर्गका लागि गोवरग्याँसको प्रयोग उचित हुने बताउनुभयो । नेपाली काँग्रेसका सचिव सुकदेव दवाडीले सबै स्टेक होल्डरहरु सक्रिय भएर प्लान्ट निर्माणमा लाग्नुपर्ने बताउनुभयो । ने.क.पा. एमालेका संझना देवकोटाले विग्रीएको गोवरग्याँस प्लान्टको र्ममत पनि गर्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रम गोरखकाली गोवरग्याँस कम्पनीका संचालक किशोर रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment