Saturday, March 5, 2011

बाजुरामा स्थानीय बासी आफै कस्सिए सडक बनाउन


कमल कुमारी शाह
फागुन २१ बाजुरा । बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी सडक खण्डले मार्तडी बजार सम्म सडक नजोडेका कारण हिजोबाट निरन्तर रुपमा स्थानीय बासीले रकम संकलन गरी बाटो निर्माण गरी रहेका छन्। साँफे मार्तडी सडक खण्डको लम्बाई ५७ किलो मीटर हो । त्यसमा थप स्थानीय ब्यापारीले प्रति व्यक्ति हजार रुपैया देखी माथी उठाएर स्काई बटेरलाई रकम तिरी बजार छुने एक किलो मिटर सडक निर्मण गरेका हुन्। 

स्थानीय बासी हरुले बिकासका लागी जग्गा दिन माने पछि यो प्रकृया सुरु भएको कुरा नागरी समाज बाजुराका अध्यक्ष गगन रावले जानकारी दिएका छन्। स्थानीय आर के ईन्टर प्राईजेजका प्रबन्धक रमेश खड्काले दिएको जानकारी अनुसार सरकारले बिकासमा ढिलाई गरेका कारण र सेवा सुबिदा नआए आफै पछाडी हुने भएकाले हामी ब्यापारीले रकम संकलन गरेर यो काम सुरु गरेको बताएका छन्। 

यता जिल्लाको उत्तरी भेगका ११ गाबिसका सडको बिषयमा सरकारले चँसो नदेखाएका कारण हिजो मात्र स्थानीय बासीले सुरखेत बाट हेलीकोप्टरमा एक ट्रयाक्टर अवतरण गराएर कोल्टी बजारमा चलाएको अवस्था छ। भोकमरी बाट ग्रस्त सो क्षेत्रमा सरबारको बेवास्थाको बिरोधमा यो गरीको कुरा स्सथानीय बासी नबिन शाहीले जानकारी दिएका छन्।

No comments:

Post a Comment