Saturday, March 19, 2011

अपाङ्गता भएकालाई राज्यले विषेश चासो दिनुपर्नेमा जोड

चन्द्रश्वर बस्ताकोटी
  चैत ४ म्याग्दी। अपाङ्गता भएकालाई राज्यले विषेश चासो दिनुपर्नेमा शुक्रबार म्याग्दीमा  आयोजना गरिएको एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । लामो समयदेखि जिल्लामा काम गर्दैआएको अपाङ्ग संघ म्याग्दीको दशौं साधारणसभा तथा तेश्रो जिल्ला अधिवेशनका अवसरमा बोल्ने बक्ताहरूले फरक क्षमता भएकालाई विषेश सुविधा दिनुपर्ने बताएका थिए । शुक्रबार सम्पन्न भएको तेश्रो अधिवेशनले तिर्थकुमारी श्रेष्ठको अध्यक्षतामा आगामी तिन वर्षका लागि नौ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गोपाल केसी, सचिवमा केपी अधिकारी, कोषाध्यक्षमा कमला सुबेदी, र सह–सचिवमा गणेस सुबेदीलाई चयन गरेको छ । एकजना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने गरि निर्वाचित कार्यसमितिका अन्य सदस्यहरूमा सुरेन्द्र केसी, बलराम बानियाँ र निर्मला पौडेल रहेका छन् ।

अधिवेशनमा बोल्दै नवनिर्वाचित अध्यक्ष तिर्थकुमारी श्रेष्ठले दशवर्षअगाडी एउटा सानो कोठाबाट शुरुगरेको कार्यसमितिले अहिलेसम्म जिल्लाभरिका अपाङ्ग व्यक्तिहरूलाई समेट्न सफल भएको दाबी गर्दै आगामी दिनमा अपाङ्गताका सवालमा रोजगारमुखी कार्यक्रम ल्याउने प्रतिवद्धता जनाइन् ।

अधिवेशनमा जिल्लाविकास समिति म्याग्दीका कार्यक्रम अधिकृत हरिकृष्ण आचार्य, पत्रकार महासंघ म्याग्दीका सचिव हरिकृष्ण गौतम लगायतले निर्वाचन अधिकृतको तर्फबाट नवनिर्वाचित पदाधिकारीहरूलाई नयाँ कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

No comments:

Post a Comment