Tuesday, March 22, 2011

जिप दुर्घटना हुदा चार जनाको मृत्यु

रोशन लामिछाने
 चैत ८ स्याङ्गजा।स्याङ्गजाको केवारे भन्याङ्ग ४ विरुवामा आज ग १ ज नम्वरको जिप दुर्घटना हुदा घटना स्थलमै चार जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।

 मृत्यु हुनेहरुमा कुवाकोट ३ का ५५ वर्षीय तुलसीराम उपाध्याय, कुवाकोट ५ का ३८ वर्षीय उदय वहादुर सिजाली, कुवाकोट १ की लक्ष्मी थापा र कुवाकोट १ की ६० वर्षीय वृद्धाको नाम नखुलेको वडा प्रहरी कार्यलय वालिङ्गले जनाएको छ । कुवाकोटवाट वालिङ्गको लागि छुछेको जिप सडकवाट १ सय मिटर तल खसेको थियो।

 जिपमा सवार सवै घाईते भएको र चार जनाको स्थीति गम्भीर रहेको प्रहरीले वताएको छ । घाईतेहरुको वालिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारभइरहेको छ ।

No comments:

Post a Comment