Tuesday, March 22, 2011

वावियाचौर र अर्मन खुल्ला दिशामुक्त गाविस घोषित

चन्द्रश्वर बस्ताकोटी
 चैत ८ । म्याग्दी जिल्लाको  बावियाचौर र अर्मन गाविसलाई आइतवार खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ ।

जिल्ला विकास समिति म्याग्दी अन्र्तगत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजनाको पहलमा त्यहाँका सबै घरमा शौचालय निर्माण भएर स्थानीयबासीले शौचालयको प्रयोग गर्न थालेपछि खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको हो ।
     
सात सय २५ घरपरिवारले बसोबास गर्ने बाबियाचौरमा दुई सय ९६ घरले कच्ची र चार सय २९ घरले पक्कि शौचालय निर्माण गरेका छन् । यसैगरी अर्मनका नौ सय १२ घरपरिवारले पनि शौचालय निर्माण गरेर प्रयोग गर्न थालेका छन् । 
     
खुल्ला दिशा मुक्त गाविस बनाउन सक्रियता जनाउने बाबियाचौर स्थित गाउँ स्तरीय खानेपानी सरसफाई तथा स्वास्थ्य समन्वय समितिलाई जिविसले ९४ हजार रुपैया र गाविसले ५५ हजार रुपैया पुरस्कार उपलब्ध गराएका छन् । 
     
यसैगरी गाउँ स्तरीय खानेपानी सरसफाई तथा स्वास्थ्य समन्व्य समिति, अर्मनलाई एक लाख ४५ हजार दुई सय रुपैया पुरस्कार वितरण गरिएको परियोजनाका जिल्ला सल्लाहकार चन्द्रभक्त बिष्टले जानकारी दिनुभयो । 
     
समन्व्य समितिका पदाधीकारी, स्वास्थ्य उत्प्रेरक, गाविस स्तरीय सर्वदलीय संयन्त्रका प्रतिनिधी र सरोकारवालाले आफूले खुला ठाउँमा दिसापिसाव नगर्ने र आफूले पनि शौचालयको प्रयोग गर्ने र अरुलाई पनि गर्न लगाउने प्रतिवद्धता जनाउँदै खुल्ला दिसामुक्त गाविस घोषणा गरेका थिए । खुल्ला दिसामुक्त गाविस घोषणा भएकोमा नाचगान गरेर खुसीयाली मनाएका स्थानीयबासीले आगामी दिनमा प्रतिवद्धता कार्यान्व्यन गर्ने बताएका छन् । 

No comments:

Post a Comment