Tuesday, March 22, 2011

गाउँ पार्टी बैठक सम्पन्न

राजेन्द्र न्यौपाने
  चैत ८ गोरखा । एकीकृत  नेकपा माओवादी दरबुं गाउँ पार्टीको बैठक तमुवान राज्य समितिका सदस्य नारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

माओवादीका दरबुंङ गाउँ पार्टी सेक्रेटरी   मिन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकले जेठ २० गते सम्मको लागि संगठन सुदृढ तथा विस्तार अभियानलाई सशक्त बनाएर लैजाने निर्णय गरेको छ ।
नेपाली क्रान्तिलाई सम्पन्न गरी सर्वहारा श्रमजीवि जनताको अधिकारको सुनिश्चित गर्न माओवादी सँधै लागिपर्ने अधिकारीले बताउनुभयो ।
    
कार्यक्रममा चेपाङ नेता कृष्ण चेपाङले तल्लो वर्गका हितका लागि आमूल परिवर्तन तर्फ माओवादी अगाडि बढेको दावी गर्नुभयो ।

No comments:

Post a Comment