एच.बी भुजेल
फाल्गुन २७ पोखरा। पुर्नगठित मातृका यादव नेतृत्वको ने.क.पा माओवादिका प्रवक्ता भरत दाहालले देश रक्तपातपूर्ण गृह युद्धको संघारमा उभिएको बताउनु भएको छ । देशमा क्रियाशिल भारत र अमेरिका सम्वद्व दलालहरुको कारण देश गृह युद्ध तिर गैरहेको उहाँको भनाई थियो ।
नयाँ जनबादी क्रान्तिको पक्षमा ने.क.पा माओवादीले सुरु गरेको मेची महाकाली जनजागरण अभियान अन्र्तरगत शुक्रबार पोखरामा आयोजना गरिएको जनसभालाई सम्बोधन गदै दाहालले यस्तो बताउनु भएको हो ।
संविधान सभा सात दलको विचमा जनताको आँखामा छारो हाल्न अगाडि सारिएको भारतको एजेन्डा भएको बताउदै दाहालले जेठ १४ सँगै नेपालमा रक्तपात पूर्ण युद्ध हुने चेतावनी दिनु भयो । संविधान सभाबाट जनताको संविधान बनाउनु कुनै पार्टिको पनि उदेश्य नभएको दावी गदै नेता भरत दाहालले देशमा युद्ध गराउने भारतिय र अमेरीकाको चाहाना पुरा हुन लागेको बताउनु भयो ।
१२ वुदेँ सहमतिको एक मात्र उदेश्य माओवादीको ससस्त्र जनयुद्धलाई अन्त्य गर्नु रहेको दाहालको भनाई थियो । १२ बुदे सहमति कुनै संझौता नभई एकिकृत ने.क.पा माओवादिले भारत सामु गरेको आत्मसर्मपण भएको ठोकुवा गर्नुभयो । कार्यक्रममा ने.क.पा माओवादिका दिलिप शाह र अशोक राई लगाएतले बोल्नु भएको थियो ।
No comments:
Post a Comment