एच.बी भुजेल
फागुन २६ पोखरा । संविधान निर्माणमा दबाव दिने उदेश्यले शुक्रबार पोखरामा दवाव ¥याली तथा सम्वोधन समारोह सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा उक्त दबाब¥याली निकालिएको हो । पोखराको नविन उच्च मा.वि गैह्रापाटनबाट निस्किएको ¥याली पालिखेचोक, चिप्लेढुङ्गा हुदैं सभागृहचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
प्राज्ञिक विद्यार्थी परिषद्ले समयमा सार्थक संविधान निर्माणमा दबाब दिने उदेश्यले प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति, प्रधानमन्त्री र संविधान सभाका सभासद्हरुलाई ज्ञापन पत्र बुझाएका छन्।
तोकिएको समयअवधिमा पनि संविधान निर्माण हुने कुनै संकेत नदेखिएको भन्दै परिषद्ले देशै भरिनै गत पुस २ गतेबाट दबाव शुरु गरेको हो । पोखरा सँगै जनकपुर र भद्रपुरमा पनि दबाब ¥याली निकालिएको जानकारी गराइएको छ ।
No comments:
Post a Comment