फागुन १७ काठमाडौं। नयाँ विमान खरिदका निम्ति गरिएको बैनामा आर्थिक अनियमितता गरेको अभियोगमा जेल चलान गरिएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कङ्साकार श्वासप्रश्वासमा उत्पन्न समस्याका कारण मंगलवार अस्पताल भर्ना हुनुभएको छ । “छातीमा समस्या देखिएकाले कङ्साकारलाई भर्ना गरिएको छ” –त्रिपुरेश्वसस्थित काठमाडौँ अस्पतालका एक चिकित्सकले बताए ।
विशेष अदालतले रु छ करोड धरौटी राख्न दिएको आदेश पूरा गर्न नसक्दा गत आइतबार कङ्साकार कारागार चलान भएका थिए ।
यसैबीच नेवा जागरण मञ्च र निगमका कर्मचारीले कङ्साकारलाई परिबन्धमा पारिएको दाबी गर्दै अविलम्ब रिहाइको माग गरेका छन् ।
मञ्च र कर्मचारीले आज अपराह्न काठमाडौँमा, कङ्साकारका पक्षमा जुलुस प्रदर्शनसमेत गरेका थिए । रासस

No comments:
Post a Comment